मोरङ । पथरी शनिश्चरे–६ स्थित नमुना चोकमा पुर्व मन्त्री एवम् कोशी प्रदेश सभा सदस्य लिलाबल्लब अधिकारीले सामुदायिक भवन शिलान्यास गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा प्रदेश सभा सदस्य अधिकारीले आज (मंगलबार) जलेश्वर शिवालय मन्दिर परिसरमा सामुदायिक भवनको शिलान्यास गरेका हुन ।

निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा कुनै योजनाको शिलान्यास गर्न नहुने व्यवस्था गरेको छ । आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलका नेता वा सार्वजनिक ओहदा धारण गरेका व्यक्तिले मतदातालाई प्रभावित हुनेगरि योजनाको शिलान्यास गर्नु आचारसंहिता विपरीत रहेको भन्दै स्थानीय स्तरमा प्रश्न उठाईएको छ ।

उक्त सामुदायिक भवन प्रदेश सरकारबाट विनियोजित ७ लाख र नगरपालिकाबाट विनियोजित २ लाख गरी करिब ९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जनाइएको छ ।

यस विषयमा प्रदेश सभा सदस्य अधिकारीको धारणा भने सार्वजनिक भइसकेको छैन। निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको सम्बन्धमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!