बीरेन्द्रकुमार साह

मंगलबार, माघ २८, २०८२ || 1988  पटक पढिएको

बिराटनगर । मोरङ क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति मतदाताको झुकाव बढ्दै गएको छ। जेन्जी युवा देखि सबै पुस्ताका मतदातामा परिवर्तनको चाहना देखिन थालेको र त्यसको केन्द्रमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ परेको स्थानीय बताउँछन्।

चुनावी अभियानका क्रममा टोल–टोल र गाउँ–गाउँमा मतदाताले स्वतःस्फूर्त रूपमा रास्वपाका उम्मेदवार आशा झालाई खोज्दै भेटघाट गर्न थालेका छन्। विशेष गरी युवापुस्ताले आशा झालाई नयाँ सोच र वैकल्पिक राजनीतिको प्रतिनिधिका रूपमा लिएको देखिन्छ।

स्थानीयका अनुसार यसअघि परम्परागत दलमा आबद्ध मतदातासमेत यसपटक विकल्प खोज्दै रास्वपातर्फ आकर्षित भएका छन्। “सबैलाई पटक–पटक मौका दिइयो, अब नयाँलाई अवसर दिनुपर्छ,” एक मतदाताले भने।

रास्वपा उम्मेदवार आशा झाले जनतासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छन्। उनका अनुसार जनताले खोजेको राजनीति भनेको आश्वासनभन्दा कार्यसम्पादन हो।
मोरङ–५ मा बढ्दो जनसमर्थनले रास्वपाको चुनावी अभियान थप उत्साहित बनेको छ। स्थानीय राजनीतिक विश्लेषकहरू यस क्षेत्रलाई यसपटक प्रतिस्पर्धात्मक बन्ने निर्वाचन क्षेत्रका रूपमा हेर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!