
विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा मोरङ क्षेत्र नम्बर–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले चुनावी अभियानलाई आक्रामक ढंगले अघि बढाएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनले घरदैलो अभियानलाई तीव्रता दिएकी हुन्।


घरदैलोका क्रममा उम्मेदवार झाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, गुनासा र अपेक्षाहरू सुन्दै वैकल्पिक राजनीतिको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिरहेकी छन्। परम्परागत राजनीतिक दलहरूको कार्यशैलीप्रति बढ्दो जनअसन्तोषलाई सम्बोधन गर्दै उनले परिवर्तनको एजेन्डासहित जनतामाझ पुगिरहेकी छन्।

जनताको सेवा र मोरङ–५ को समग्र विकासका लागि आफू उम्मेदवार बनेको बताउँदै झाले अभियानका क्रममा उल्लेखनीय जनसमर्थन प्राप्त भइरहेको दाबी गरिन्। उनका अनुसार स्थानीयवासीहरूले उनको उम्मेदवारीलाई पुरानो राजनीतिक अभ्यासको विकल्पका रूपमा हेर्न थालेका छन्।

घरदैलो अभियानमा सहभागी मतदाताहरूले आशा झाप्रति खुला समर्थन जनाउँदै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। प्राप्त जनविश्वासलाई ठूलो राजनीतिक जिम्मेवारीका रूपमा लिँदै झाले जनअपेक्षाअनुसार काम गरेर देखाउने दृढ प्रतिबद्धता व्यक्त गरिन्।

मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झाको आक्रामक उपस्थितिसँगै चुनावी प्रतिस्पर्धा थप रोचक र चर्किँदै गएको छ।