बीरेन्द्रकुमार साह

शनिबार, माघ २५, २०८२ || 2989  पटक पढिएको

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नं. ५ की उम्मेदवार आशा झाले सांसदको मुख्य जिम्मेवारी विकासका योजना घोषणा गर्नु नभई देशका लागि प्रभावकारी नीति र कानुन निर्माण गर्नु रहेको बताएकी छन्।

एक कार्यक्रममा बोल्दै झाले सांसदले ‘बाटो खोल्छु, पुल बनाउँछु, खानी चलाउँछु’ भन्ने अभिव्यक्ति दिँदैमा मात्र विकास सम्भव नहुने स्पष्ट पारिन्। “त्यस्ता काम कार्यकारी निकायका हुन्,” उनले भनिन्, “एकजना सांसदको वास्तविक भूमिका भनेको विधायिकी हो, अर्थात् देशलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने नीति र कानुन बनाउनु।”

उनले बलियो नीति र कानुन बिना विकासका योजनाहरू कागजमै सीमित हुने उल्लेख गर्दै वास्तविक परिवर्तनका लागि स्पष्ट दृष्टिकोण र सही नीतिको खाँचो रहेको जोड दिइन्। “जब नीति र कानुन मजबुत हुन्छन्, तब मात्रै विकासले गति लिन्छ,” झाको भनाइ थियो।

झाले आगामी दिनमा जनताको जीवनस्तर उकास्ने, सुशासन कायम गर्ने र संस्थागत सुधारका लागि संसद्मा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!