हिपमत डटकम

शुक्रबार, माघ २४, २०८२ || 2028  पटक पढिएको

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो ।

जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १०.२१ प्रतिशत अर्थात् करिब ३० लाखभन्दा बढी रहेको छ । सोसाइटीका अध्यक्ष डा. उमेश बोगटीले देशको विकास, लोकतन्त्र र सामाजिक रूपान्तरणमा दीर्घकालीन योगदान दिएका ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, स्वास्थ्य, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व मात्र नभई राजनीतिक प्रतिबद्धताको मापन सूचकसमेत भएको बताए ।

विद्यमान ऐन, नीति र रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको सोसाइटीले जनाएको छ ।

सोसाइटीले दलको संगठनमा ज्येष्ठ नागरिक विभाग स्थापना, ज्येष्ठ नागरिक ऐनको पूर्ण कार्यान्वयन, ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार र यातायात, निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा, जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरण, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक पार्क, ग्राम र आरोग्य आश्रम निर्माण, स्वारोजगारका लागि सहुलियतपूर्ण ऋण तथा सीप र अनुभवलाई उत्पादनसँग जोड्ने व्यवस्था घोषणापत्रमा समेट्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!