हिपमत डटकम

शुक्रबार, माघ १७, २०८२ || 1705  पटक पढिएको

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदहरूले देखेका सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताएका छन्। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध संघर्ष गर्ने लखन थापा, बाँकाबीर र चार सहिद—शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालदेखि पञ्चायती शासनविरुद्धका आन्दोलन, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनसम्मको स्मरण गरेका छन्। पछिल्लो समयका जेन–जी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै उनले यी सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेद अन्त्य गरी लोकतन्त्र, सुशासन र सामाजिक न्याय स्थापना गर्नु रहेको बताएका छन्।

उनले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धि सहिदहरूको बलिदानकै परिणाम भएको उल्लेख गरे। तर सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको भन्दै सहिदका सपना पूर्ण रूपमा पूरा भइनसकेको औंल्याए।

सहिद दिवसलाई आत्मसमीक्षा गर्ने दिनका रूपमा व्याख्या गर्दै प्रचण्डले विचलित नभई जनताको पक्षमा उभिने संकल्प गर्न आग्रह गरेका छन्। प्राप्त उपलब्धिहरूको जगमा उभिएर समुन्नत समाजवादी नेपाल निर्माणतर्फ अघि बढ्न सबैलाई उनले अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!