हिपमत डटकम

बिहिबार, माघ १६, २०८२ || 1888  पटक पढिएको

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

नेता नेपाललाई बुधबार रुघा, खोकी र ज्वरो देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। प्रारम्भिक परीक्षणपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार, नेता नेपाललाई रुघा–खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ। त्रिवि शिक्षण अस्पतालमा क्याबिन उपलब्ध नभएको कारण उनलाई मनमोहन सेन्टरमा राखेर उपचार सुरु गरिएको हो। उपचार त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ टोलीले गरिरहेको छ।

बिहीबार बिहान पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य नेताहरू स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए।

यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि भर्ना रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!