
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । राईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । आफ्नै नेतृत्वमा दल दर्ता गरेका उनी हाल नगर प्रमुख पदबाट राजीनामा दिइ संघीय संसद्तिरको यात्रामा लम्किएका हुन् ।