
हेटौँडा । बागमती प्रदेश सभाका ६ जना सांसदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयले आज एक सूचनापत्र जारी गर्दै उनीहरूको राजीनामा माघ ५ गतेदेखि लागू हुने जनाएको छ।प्रदेश सभा नियमावली, २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको हो।

राजीनामा दिनेहरुमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ रहेका छन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनीहरुले राजीनामा दिएका हुन् । यद्यपि कांग्रेस नेता काफ्लेले भने पार्टीबाट टिकट पाएका छैनन् ।