काठमाडौं– औषधि व्यवस्था विभागले न्यून गुणस्तर पाइएको भन्दै ‘लेभोफ्क्स–५००’ ट्याबलेट बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले आइतबार सूचना जारी गर्दै उक्त औषधिको एक ब्याच तत्काल फिर्ता गर्न आग्रह गरेको हो।

सूचनाअनुसार मेग्नस फर्मा प्रालिद्वारा उत्पादन गरिएको ‘लेभोफ्क्स–५००’ ट्याबलेटको ब्याच नम्बर बीबी–२४००१ न्यून गुणस्तरको पाइएको छ। राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारमा उपलब्ध औषधिको नमुना संकलन गरी परीक्षण गर्दा उक्त ब्याच गुणस्तर मापदण्डअनुसार नपुगेको विभागले जनाएको छ।

विभागले उक्त ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। साथै, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी औषधि तुरुन्त बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ।

फिर्ता गरिएको औषधिको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका आधिकारिक प्रतिनिधिहरूलाई पनि निर्देशन दिइएको छ। ब्याक्टेरियाजन्य संक्रमणको उपचारमा प्रयोग हुने उक्त औषधिको उक्त ब्याच प्रयोग नगर्न उपभोक्तालाई समेत सतर्क रहन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!