काठमाडौं– काठमाडौँ उपत्यकामा रातको समयमा सवारीसाधन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ काठमाडौँ थलीले खरिद गरेको उक्त म्याजिक लाइट आज जिल्ला प्रशासन कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौँ थलीको सहयोगको प्रशंसा गर्दै म्याजिक लाइटको प्रयोगले काठमाडौँमा रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

उनले रातको समयमा ट्राफिक प्रहरी नदेखिँदा सवारी दुर्घटनाको जोखिम बढ्ने भन्दै म्याजिक लाइटले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका संरचना तथा उपकरणमा भएको क्षतिबारे जानकारी गराए।

उनले भने, “केवल पाँच मिनेट ट्राफिकविनाको चोक कस्तो हुन्छ भन्ने कुरा सबैले अनुमान गर्न सक्छौँ। यसले सवारी सञ्चालन मात्र नभई सार्वजनिक जीवनमा पनि ठूलो असर पार्दछ। म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थपिने विश्वास लिएका छौँ।”

उनका अनुसार जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन, उपकरण र ट्राफिक प्रहरीका पोसाकसमेत जलाइँदा व्यापक क्षति पुगेको थियो।

आगजनीपछि ट्राफिक व्यवस्थापनमा समस्या आएको उल्लेख गर्दै उनले हाल नागरिकस्तरबाट पुनर्निर्माणका पहल सुरु भइसकेको र नयाँ ढङ्गले व्यवस्थापन सुधार गर्ने प्रयास जारी रहेको बताए।

लायन्स क्लब अफ काठमाडौँ थलीका अध्यक्ष रुपक सिमखडाले समाजको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सहयोग तथा सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!