एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन्।

फ्लोरिडाको पाम बीचस्थित आफ्नो निजी निवास मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग हुने भेटवार्ताअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो कुनै डेडलाइन छैन। मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो।’

सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता सम्भव छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले परिस्थिति अनुकूल हुनुपर्ने उल्लेख गर्दै भने, ‘सम्झौताका लागि आधार तयार भएको छ, तर युक्रेन संकट समाधान निकै जटिल छ।’

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले भेटवार्तामा २० बुँदे शान्ति योजनाको अद्यावधिक मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने जानकारी दिएका छन्। उनले भने, ‘रणनीतिमा दुवै पक्षका टोलीबीच समन्वय अत्यन्त महत्वपूर्ण छ, जसले शान्ति प्रक्रिया अघि बढाउन सहयोग पुर्‍याउँछ।’

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्तालाई ‘राम्रो र फलदायी’ भएको बताएका थिए। रूसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले संकट लम्बिन सक्ने र पुनः द्वन्द्व चर्किन सक्ने जोखिमबारे समान धारणा राखेका छन्।

फ्लोरिडामा हुने भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!