हिपमत डटकम

सोमबार, पौष १४, २०८२ || 494  पटक पढिएको

कञ्चनपुर– बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर २८ वर्षीया हरिना चौधरीको आज मृत्यु भएको छ। उनी आफ्नै घरमा धोएको कपडा सुकाउँदै गर्दा बिजुलीको तार छोएपछि घाइते भएकी थिइन्।

घाइते अवस्थामा चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरीमा लगिएको थियो। उपचारका क्रममा बिहान चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, घटनास्थलमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!