काठमाडौं– निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च सीमा निर्धारण गरेको छ।

आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्। तोकिएको सीमा अन्तर्गत मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ, सवारी साधन प्रयोगका लागि ७० हजार रुपैयाँ तथा सवारी इन्धनमा १० हजार रुपैयाँ खर्च गर्न पाइनेछ।

त्यसैगरी, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ, ढुवानीमा १० हजार रुपैयाँ, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा एक लाख रुपैयाँ खर्च गर्न सकिनेछ। अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममार्फत प्रचारमा १४ हजार ५०० रुपैयाँ, कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च सीमा तोकिएको छ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। आयोगले उम्मेदवारलाई निर्वाचन खर्चका लागि बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न निर्देशन दिएको छ। सोही खाताबाट मात्रै खर्च गर्नुपर्ने र खर्च व्यवस्थापनका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचन आयोगमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!