काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ललितपुरको कुपन्डोलमा गोप्य छलफल भइरहेको छ। बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेताबीच एक्लाएक्लै वार्ता चलिरहेको हो।

छलफलका लागि लामिछानेसँगै रास्वपाका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका छन्। त्यस्तै, बालेनसँग भेटका लागि ‘हामी नेपाल’ संस्थाका संस्थापक तथा जेन–जी अभियन्ता सुदन गुरुङ पनि कुपन्डोल पुगेका छन्। गुरुङ व्यञ्जनकारको निवासको गेटमै बसेर वार्ताको प्रगति कुरिरहेका छन्।

‘ढोका थुनेर लक लगाएको छु,’ गुरुङले भने, ‘समझदारी नजुटेसम्म निस्कन नदिने भनिएको छ।’

गुरुङका अनुसार रवि लामिछाने, बालेन शाह र उर्जा मन्त्री कुलमान घिसिङबीच थप छलफल हुने सम्भावना पनि छ। यसअघि केही दिनअघि काठमाडौंको कमलपोखरीमा रवि र बालेनबीच करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो। तर उक्त भेटमा रविको तर्फबाट ठोस प्रस्ताव नआएको भन्दै बालेनले अन्य नेताहरूसँग संवाद अघि बढाएका थिए।

बालेनले लौरो चुनाव चिह्न रहेको ‘देश विकास पार्टी’मार्फत राजनीति अघि बढाउने गृहकार्यसमेत गरिरहेको स्रोतको भनाइ छ। यद्यपि त्यसअघि रवि लामिछानेसँगको छलफललाई निष्कर्षमा पुर्‍याउने चाहना बालेनको रहेको बताइन्छ। आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक प्रस्ताव रास्वपाबाट नआएको स्रोतको दाबी छ। बालेन भने संसदीय दलको नेतृत्व र प्रधानमन्त्री पद सुनिश्चित हुनुपर्ने अडानमा छन्।

आजको छलफलबाट दुई नेता मिलेर अघि बढ्ने कि आ–आफ्नै बाटो रोज्ने भन्ने टुंगो लाग्ने विश्वास निकटवर्तीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!