हिपमत डटकम

बिहिबार, पौष १०, २०८२ || 1365  पटक पढिएको

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले जेन–जी युवाहरूको भावना आत्मसात गर्न नसकेको आरोप लगाए। उनका अनुसार वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठनका लागि राष्ट्रपति समक्ष १० दिने अल्टिमेटमसहित मागपत्र बुझाइएको छ।

विप्लवले आवश्यकताको सिद्धान्तअनुसार संविधान संशोधन गर्नुपर्ने, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने तथा जेन–जी आन्दोलनका क्रममा भएका सबै घटनाको छानबिन गर्नुपर्ने माग राखे। जेन–जी आन्दोलनपछि बनेको सरकारप्रति जनसन्तुष्टि नरहेको र देशलाई निकास दिने स्पष्ट आधार नदेखिएको उनको भनाइ छ।

उनले भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याए। साथै भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गरी त्यसको फैसला नै अन्तिम हुने व्यवस्था हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!