हिपमत डटकम

बिहिबार, पौष १०, २०८२ || 1432  पटक पढिएको

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकमाथि निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

ब्यूरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेन पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनीहरू नेपालमै बसेर लागूऔषध कोकिनको कारोबारमा संलग्न रहेको खुलेको उनले बताए।

प्रहरीका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम कोकिन बरामद गरिएको छ। त्यस्तै लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक जेभियर र नेपालमा कोकिन लिन आएका अर्का भारतीय नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको छ।

थाइल्याण्डकी नागरिक कामाले १२ वटा प्लास्टिकका प्याकेटमा क्याप्सुलभित्र लुकाएर कोकिन ल्याएको र भारतीय नागरिक जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!