
काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।

बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। तर बिहीबार सुनको मूल्य घटेर तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।
यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ रहेकोमा बिहीबार घटेर २ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।