काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले सरोकारवालाबाट सल्लाह तथा सुझाव संकलन गर्ने उद्देश्यले मस्यौदा सार्वजनिक गरेको हो।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ। साथै विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र आवश्यक कारबाही गर्न सकिने प्रावधानसमेत समावेश गरिएको छ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार गरिएको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै मस्यौदा सार्वजनिक गरी सरोकारवालाबाट सुझाव मागेको जनाएको छ।

मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन्। नयाँ आचारसंहिता लागू भएसँगै हाल कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ।

मस्यौदामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यसबाट निर्वाचनमा नीतिगत प्रतिस्पर्धा बढ्ने र मतदातालाई सूचित निर्णय लिन सहज हुने आयोगको विश्वास छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!