हिपमत डटकम

मंगलबार, पौष ०१, २०८२ || 17125  पटक पढिएको

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना आजको समाजमा मानिसहरू बाँच्नै नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित डिजिटल राइट्स कन्फ्रेन्स लाई सम्बोधन गर्दै उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको अभिन्न विषय भएको उल्लेख गरे। यो मानव अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएको पनि उनको भनाइ छ।

सामाजिक सञ्जाल र इन्टरनेट अक्सिजन जस्तै अनिवार्य भइसकेको बताउँदै नेता पौडेलले इन्टरनेटको पूर्ण व्यवस्थापन भने अझै हुन नसकेको स्वीकार गरे।

उनले सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्षमा नपर्ने स्पष्ट पार्दै डिजिटल राइट्स मानव अधिकार, लोकतन्त्र तथा नेपाली कांग्रेसका आदर्श र मूल्यमान्यतासँग जोडिएको विषय भएको बताए।

नेता पौडेलले सामाजिक सञ्जालको विषय उठाएकै कारण आफूले राजीनामा दिएको स्मरण गराउँदै सामाजिक सञ्जाललाई पूर्ण रूपमा व्यवस्थित गर्न अझै चुनौती रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!