
काठमाडौँ। नेपाली कांग्रेस सोलुखुम्बुले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ बलबहादुर केशी, आङ गेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन र रीना उप्रेती (महिला कोटा) लाई सिफारिस गरेको छ।
त्यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल र दुर्गाप्रसाद दर्जी (दलित कोटा) सिफारिस भएका छन्।
राष्ट्रियसभातर्फ भने भोजराज कार्की र धर्म नेपाली (दलित कोटा) लाई उम्मेदवारका रूपमा सिफारिस गरिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।