हिपमत डटकम

शुक्रबार, मंसिर २७, २०८२ || 1389  पटक पढिएको

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारका विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेसी आज चढेको छ। सर्वोच्च अदालतको इजलास नम्बर–२ मा उक्त मुद्दाको सुनुवाइ तोकिएको हो।

डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसकारसहित ६ जनाले १६ मंसिरमा रिट दायर गरेका थिए। सर्वोच्चको दैनिक पेसी सूचीअनुसार सुनुवाइ न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा हुन लागेको हो। मुद्दा इजलास नम्बर–२ मा ‘ख’ क्रममा सूचीबद्ध छ।

यसअघि मंसिर १९ गते अदालतले उक्त रिटमा उत्प्रेषण आदेश जारी गरेको थियो। कंसकार समूहले मकवानपुरका सम्बन्धित निकाय र डिभिजन सडक कार्यालयलाई विपक्षी बनाउँदै सडक विस्तार प्रक्रियाको वैधानिकता चुनौती दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!