
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार पदाधिकारी बैठक मध्यान्हका लागि तय गरिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १५ौँ महाधिवेशनका लागि तयार पारिएको कार्यतालिका तथा त्यससम्बन्धी एजेन्डामाथि छलफल हुने बताइएको छ। कार्यवाहक सभापति खड्काले पुस महिनाको अन्त्यतिर महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गरेका छन्।
पदाधिकारी बैठक सम्पन्न भएपछि दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।