हिपमत डटकम

शुक्रबार, मंसिर १३, २०८२ || 517  पटक पढिएको

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ १०० रुपैयाँ दरको नोटले भारतमा हंगामा मचिएको छ ।

नोटको मध्य भागमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा समावेश भएको जानकारी सार्वजनिक भएपछि भारतीय मिडियामा यसले तरंग मच्चाएको छ ।

भारतिय मिडियाहरुले नेपालको नयाँ नोटलाई विवादित उल्लेख गर्दै महत्त्वका साथ समाचार बनाएका छन् । नयाँ नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँ भागमा लालीगुराँस र मध्य भागमा नेपालको अद्यावधिक चुच्चे नक्सा तथा अशोक स्तम्भको आकृति राखिएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को निर्णयअनुसार नोट डिजाइन परिमार्जन गरिएको हो।

नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ। यसअघि नोटको पृष्ठभूमिमा रहेको नेपालको नक्सालाई परिमार्जन गर्दै वि.सं. २०७७ जेठ ५ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको अद्यावधिक नक्सालाई समेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!