
काठमाडौं — मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार २०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।