
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १,९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जनाएको छ। आइतबार तोलाको ३ हजार १३५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर ३ हजार ११५ रुपैयाँमा झरेको छ।