हिपमत डटकम

शुक्रबार, मंसिर ०६, २०८२ || 873  पटक पढिएको

झापा। काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। सो अवधिमा स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल नेपाल भित्रिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको थियो। यसरी चालु वर्षमा अघिल्लो वर्षको तुलनामा रु १९ करोड ८९ लाख ५ हजार बढीको फलफूल आयात भएको हुमागाईंले बताए। नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात गर्ने गर्दछ।

काँकरभिट्टा नाका हुँदै आयात हुने मुख्य १० वस्तुमा फलफूल पाँचौँ स्थानमा रहेको छ। त्यस्तै, कात्तिक महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य रु १ अर्ब ६३ करोड ९४ लाख ६१ हजार राखेको थियो, तर वास्तविक सङ्कलन रु १ अर्ब ३० करोड ८१ लाख ८९ हजार मात्र भएको हुमागाईंले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!