हिपमत डटकम

शुक्रबार, मंसिर ०६, २०८२ || 908  पटक पढिएको

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले सुरु भएको विवाह पञ्चमी महामहोत्सवमा सुरक्षा सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। प्रशासनले आज जारी गरेको विज्ञप्तिमा महोत्सवमा आउने स्वदेशी तथा विदेशी भक्तजनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा संयन्त्रलाई थप जनशक्ति सहित सक्रिय बनाइएको जानकारी दिएको छ।

विज्ञप्तिमा महोत्सवमा प्रहरी र सुरक्षाकर्मीहरूको गस्ती, निगरानी र भीड व्यवस्थापनका उपाय कडाइका साथ लागू गरिएको उल्लेख छ। प्रशासनले जनकपुरवासी र आगन्तुकहरूलाई निश्चिन्त भएर महोत्सवमा सहभागी हुन आग्रह गर्दै, कुनै पनि घटना, दुर्घटना, चोरी–लुटपाट वा आपराधिक गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गर्न अपिल पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!