हिपमत डटकम

सोमबार, मंसिर ०२, २०८२ || 5762  पटक पढिएको

काठमाडौँ: सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका चार र नागरिक उन्मुक्तिका एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए। जसमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह पर्छन्।

सांसदहरूले सभामुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार आदेश दिँदै सभामुख मण्डललाई ती सांसदलाई तत्काल पदमुक्त नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!