
काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २:४३ बजे गोकुलेश्वर केन्द्रविन्दु भएर रिक्टर स्केलमा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार यो हल्का प्रकृतिको भूकम्प भएकाले ठूलो क्षतिको विवरण आएको छैन।