रामकुमार परियार

शनिबार, कार्तिक २३, २०८२ || 1225  पटक पढिएको

पथरी । सिरहाको सलहेश युवा क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधि जितेको छ ।

शनिबार पथरी रंगशालामा सम्पन्न फाइनल खेलमा सलहेशले आयोजक पथरी ११ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता सलहेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता पथरी ११ ले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो ।

पथरी रंगशालामा सम्पन्न फाईनल खेलको पहिलो हाफमा पथरी ११ का धिरेन क्षेत्रीले १८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दुबै टोलीले उत्कृष्ट अवसर पाए पनि गोल थप्न सकेनन् । दोस्रो हाफमा सलहेशले खेलमा कमब्याक गर्दै १७ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्‍यो। जय गुरुङले अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि २९ औं मिनेटमा सलहेशका समिर तामाङले फाकुन्ले अबोयामिको पासलाई गोलमा परिणत गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । फाइनल खेलको म्यान अफ द म्याच सलहेशका जय गुरुङ बने, उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सलहेशका रेम्बो चौधरी बने उनले गोल्डेन ग्लोभ्स प्राप्त गरे , उत्कृष्ट डिफेन्डर पथरी ११ का धिरेन क्षेत्रीले नगद १० हजार सहित ट्रफी प्राप्त गरे , उत्कृष्ट मिडफिल्डर पथरीका सञ्जय लिम्बुले नगद १० हजारसहित ट्रफी प्राप्त गरे यस्तै उत्कृष्ट कोचको अवार्ड सलहेशका राजिप कुमार यादवले नगद १० हजार सहित अवार्ड प्राप्त गरे , राईजिङ प्लेयरको अवार्ड पथरीका समिर क्षेत्रीले नगद १० हजारसहित अवार्ड पाए , सर्वाधिक गोलकर्ताको पुरस्कार सलहेशका रिचार्ड विल्सनले नगद १० हजारसहित ट्राफि प्राप्त गरे , प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी पथरी ११ का कप्तान युकेस तामाङ बने , उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे ।

विजेताहरुलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो , एन्फा केन्द्रिय सदस्य दिपेन्द्र धिमाल , मोरङ जिल्ला फुटवल संघ अध्यक्ष संजिव बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए । गत कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणलाई ईन्ट्रा फाउन्डेसन अमेरिकाले मुख्य प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!