रामकुमार परियार

शनिबार, कार्तिक २३, २०८२ || 3619  पटक पढिएको

पथरी । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उपाधिका लागि आज सिरहाको सलहेश युवा क्लब र आयोजक पथरी ११ फुटबल क्लब भिड्दैछ्न ।

पछिल्लो समय नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको सलहेश र उदियमान स्थानीय खेलाडीहरूले भरिएको पथरी ११ दुवै टोली आज उपाधि जित्ने संकल्पका साथ मैदान उत्रने भएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको विजेता समेत रहेको सलहेश यो प्रतियोगिताको उपाधि पनि कब्जा गर्ने रणनीतिमा छ । यता, स्थानीय तथा प्रादेशिक प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएको पथरी ११ पनि घरेलु मैदानको फाइदा उठाउँदै ट्रफी उचाल्ने लक्ष्यमा रहेको छ ।

बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजक पथरी ११ ले काठमाडौंको एनआरटी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यसअघि बुधबारको पहिलो सेमिफाइनलमा सलहेशले पाँचथर क्लब फिदिमलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

काठमाडौंका तीनवटा ‘ए’ डिभिजन क्लब र भारतको एक टोलीसहित कुल ८ टिमको सहभागिता रहेको यस गोल्डकपको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछ । विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरिने आयोजकले जनाएको छ ।

आजको फाईनल खेलअघि दिउँसो १ बजेदेखि मैदानमा सांगीतिक प्रस्तुतिहरू हुने भएकाले दर्शकहरूका लागि थप मनोरञ्जनको व्यवस्था गरिएको छ । दर्शक प्रवेश शुल्क २०० र ३०० रुपैयाँ तोकिएको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले बताए ।

गोल्डकपको मुख्य सहयोगी पथरी शनिश्चरे नगरपालिका रहेको छ भने मुख्य प्रायोजन ईन्ट्रा फाउन्डेसन अमेरिकाले गरेको छ । यो रोमाञ्चक फाइनलले स्थानीय फुटबलप्रेमीहरूलाई उत्साहित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!