रामकुमार परियार

शुक्रबार, कार्तिक २२, २०८२ || 3404  पटक पढिएको

मोरङ । धरानका चर्चित गायक प्रकाश पौडेलले नयाँ गीत ‘बुढा बुढी मिलेको’ सार्वजनिक गरेका छन् । ‘नाँइ मलाई त्यही केटी चाहिन्छ’ गीतबाट अत्यधिक चर्चा कमाएका पौडेलले आफ्नो २५ वर्षे संगीत यात्राको अवसरमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीत ‘बुढा बुढी मिलेको’ शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। टिकटकमा सक्रिय दाम्पत्य जोडीलाई लक्षित गीतमा शब्द र स्वर स्वयं पौडेलकै रहेको छ भने संगीत दीपराज नेयोङहाङले भरेका छन्।

सुब्रत आचार्यको निर्देशनमा बनेको भिडियोमा साक्षी लम्साल, कमल सिंह, सानु सत्याल र पौडेल स्वयंले अभिनय गरेका छन्। भिडियोको छायांकन उत्सव दाहालले र सम्पादन विकास दाहालले गरेका हुन्।

पहिलो एल्बम थ्रि मच बाट संगीत यात्रा सुरु गरेका पौडेलले अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। उनका ‘कसैलाई नभन्नु ल’, ‘डक्टर साब’, ‘कानेखुसी’, ‘भुडेंभुडी’, ‘सलाम वालेकुम’, ‘घाँस काट्ने खुर्केर’, ‘भिटामिन लेख्दिनु’ र ‘भोली छुट्टी’ जस्ता गीतहरू निकै लोकप्रिय छन्।

हाल उनी यूएईस्थित प्रभु बैंकका प्रमुख प्रतिनिधि हुन्। संगीतसँगै सामाजिक सेवा र ज्योतिष क्षेत्रमा समेत सक्रिय पौडेलले लामो अन्तरालपछि यस गीतमार्फत पुनः संगीत क्षेत्रमा फर्किएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!