
काठमाडौँ: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागिता जनाएका छन्।

यसअघि एकता प्रक्रियामा असहमति देखाएका खनाल अन्तिम समयमा भने कार्यक्रममा सहभागी भएका हुन्। एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ।