
विराटनगर ।मोरङ–५ बाट निर्वाचित स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल ‘राष्ट्रिय उर्जाशील पार्टी’ दर्ता गर्ने भएका छन्। आगामी फागुन २१ गतेको निर्वाचन लक्षित गर्दै उनले (मंगलबार) निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेका हुन्।

मण्डल नै दलका संयोजक हुने छन्। उनका अनुसार पार्टीको चुनाव चिन्ह ‘कल’ प्रस्ताव गरिएको छ। उनले देशभरका ख्यातीप्राप्त व्यक्तिहरूलाई समेटेर निर्वाचनमा जाने योजना सार्वजनिक गरेका छन्।