
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त पुनः नेकपा (एमाले) मा फर्कने इच्छा व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेतृ रामकुमारी झाँक्रीसहित उपस्थित रहँदै श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू एमालेमै फर्किन तयार भएको जानकारी दिए।
उनका अनुसार चार वर्षअघि “जानेर–नजानेर” एमाले छोडेर एकीकृत समाजवादीमा गएका भए पनि अहिले पुरानो पार्टीमै फर्किन चाहना रहेको छ।
श्रेष्ठले भने, “हामी विना सर्त एमालेमा फर्कन चाहन्छौँ। त्यसका लागि आवश्यक वातावरण बनाउन एमालेका नेताहरूसँग आग्रह गर्दछु।”