हिपमत डटकम

शनिबार, आश्विन २५, २०८२ || 71520  पटक पढिएको

नेपालगञ्ज — अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीले नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा छापा मारी ४५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार छुट्टाछुट्टै टोली बनाएर शुक्रबार राति नेपालगञ्जका विभिन्न स्थानमा रहेका मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा एकैसाथ छापा मारिएको हो।

छापा मार्ने क्रममा ३१ महिला र १४ पुरुष पक्राउ परेका छन्, जसमा आठ जना भारतीय नागरिक पनि रहेका छन्। प्रहरीले होटल सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

डीएसपी पातलीका अनुसार, ती होटल तथा रेष्टुरेन्टहरूमा अनैतिक कार्य भइरहेको गुनासो आएपछि प्रहरीको टोली खटाइएको थियो। पक्राउ परेकामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!