काठमाडौँ । आगामी फागुन २१ गते तय भएको निर्वाचन शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न नागरिक अगुवाहरूले सरकार, राजनीतिक दल र सम्बद्ध निकायहरूलाई ध्यान दिन आग्रह गरेका छन् । बुधबार ३० जना नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

अपिलमा कृष्ण खनाल, केदारभक्त माथेमा, केशव दाहाल, खगेन्द्र सङ्ग्रौला, गेजा शर्मा वाग्ले, चरण प्रसाईँ, चन्द्रकिशोर, झलक सुवेदीलगायतका अगुवाहरूले सरकारलाई शान्ति–सुरक्षा सुदृढ गर्न विशेष पहल गर्न आग्रह गरेका छन् । उनीहरूले हालको अवस्थालाई चुनौतीपूर्ण भन्दै नेपाल प्रहरीका कार्यालयहरूमा भएको क्षति र सुरक्षाकर्मीको मनोबल कमजोर हुनु चिन्ताजनक रहेको बताएका छन् ।

अपिलमा भनिएको छ, “सुरक्षा निकायको मनोबल उच्च बनाउँदै आवश्यक उपकरण र स्रोत साधन तत्काल उपलब्ध गराई शान्ति–सुव्यवस्था पुनःस्थापना गर्न सरकार जिम्मेवार बन्नुपर्छ।”

नागरिक अगुवाहरूले गम्भीर अपराधीहरू खुलेआम हिंसात्मक गतिविधि गर्दै समाजमा भय फैलाएको भन्दै कानूनको शासन पुनःस्थापित गर्न जोड दिएका छन् । साथै, राजनीतिक दलहरूलाई पनि निर्धारित मितिमै निर्वाचनमा सहभागी भई संवैधानिक संकट टार्न अपिल गरिएको छ ।

अगुवाहरूले विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलहरूको नेतृत्वले हालको अवस्थाको नैतिक जिम्मेवारी लिँदै स्वैच्छिक रूपमा राजीनामा दिन र दलभित्र नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन बोलाउन सुझाव दिएका छन् ।

अपिलमा भनिएको छ, “यो केवल दलको हितका लागि होइन, लोकतान्त्रिक प्रणालीको सुदृढता र जनताको विश्वास पुनःस्थापना गर्न अपरिहार्य कदम हो।”

नागरिक अगुवाहरूले जेन–जी आन्दोलनपछि उत्पन्न असाधारण राजनीतिक परिवेशमा दलहरूले आत्ममूल्यांकन गर्दै संगठनात्मक पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गर्नुपर्ने निष्कर्ष समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!