बीरेन्द्रकुमार साह

शनिबार, आश्विन ०४, २०८२ || 1464  पटक पढिएको

बिराटनगर : जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रालिको पाँचौँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न
विराटनगर । बिराटनगरस्थित जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रालिको पाँचौँ वार्षिकोत्सव शनिबार क्लिनिकको हलमा सम्पन्न भएको छ । कार्यक्रम क्लिनिकका अध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल हज समिति अध्यक्ष मुख्तार अहमद प्रमुख अतिथि रहेका थिए। त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, डा. वकार अहमद लगायत अन्य चिकित्सक र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले पाँच वर्षदेखि स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्लिनिकको योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिका शुभकामना व्यक्त गरे। प्रमुख अतिथि अहमदले छोटो अवधिमा विश्वास आर्जन गर्न सफल क्लिनिकलाई आगामी दिनमा अझ उदाहरणीय बन्ने शुभेच्छा दिए।

विशेष अतिथि डा. वकार अहमदले स्वास्थ्य क्षेत्रका चुनौतीबीच पनि क्लिनिकले निरन्तर उत्कृष्ट सेवा दिँदै आएको उल्लेख गर्दै भविष्यमा अझ गुणस्तरीय सेवा विस्तारमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!