हिपमत डटकम

शनिबार, आश्विन ०४, २०८२ || 1345  पटक पढिएको

काठमाडौं, असोज २० –दसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौंबाट गाउँ फर्किने यात्रुहरूको चहलपहल तीव्र बन्दै गएको छ। नयाँ बसपार्क लगायतका प्रमुख बसपार्कहरूमा यात्रुहरूको भीड दिनानुदिन बढिरहेको छ।

काम र पढाइका सिलसिलामा राजधानीमा बसेकाहरू दसैँ मनाउन आफ्ना गाउँ फर्किन थालेका हुन्। यस वर्ष यातायात व्यवसायीहरूले दसैँको लागि अग्रिम टिकट बुकिङ खुला नगरेकाले यात्रुहरू घटस्थापनाअघि नै घर फर्किन थालेका छन्।

देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले निम्त्याएको राजनीतिक अस्थिरताका कारण अधिकांश विद्यालय तथा क्याम्पसहरूमा अग्रिम बिदा दिइएको छ। बिदासँगै विद्यार्थी तथा अन्य यात्रुहरू घर फर्किन थालेपछि बसपार्कहरूमा भीड बढेको हो।

गएका वर्षहरूमा फूलपाती अघिदेखि टीकासम्मको अवधिका लागि अग्रिम टिकट बुकिङ खुला गरिँदै आएको थियो। ट्राफिक प्रहरीले यात्रुहरू प्रायः फूलपातीको दिनसम्म घरतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिएको छ।

यस वर्ष दसैँको टीका असोज १६ गते (२०७८ असोज १६) परेको छ। यात्रुहरूको बढ्दो चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच समन्वय भइरहेको बताइएको छ।

न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!