हिपमत डटकम

बुधबार, आश्विन ०१, २०८२ || 2000  पटक पढिएको

धनगढी — जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका कैलालीका दुई स्थानीय जनप्रतिनिधि पुनः काममा फर्किएका छन्।

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आन्दोलनमा ज्यान मार्ने धम्की र आगजनीको त्रासका कारण राजीनामा दिन बाध्य भएको स्पष्ट पार्दै निर्णय फिर्ता लिएका हुन्।

अध्यक्ष चौधरीले विज्ञप्ति जारी गर्दै भदौ २४ गते सामाजिक सञ्जालमार्फत दिएको राजीनामा जनस्तरबाट भएको आग्रहपछि फिर्ता लिएको जनाएका छन्। उनले आफ्नो घरमा तोडफोड र आगजनी भएको र ज्यान मार्ने धम्कीका कारण असुरक्षित महसुस गरेको उल्लेख गरेका छन्।

नगरप्रमुख थारुले पनि ‘राजीनामा नदिए नगरपालिकामा आगजनी गरिदिन्छु’ भन्ने धम्कीपछि बाध्यतावश फेसबुकमा राजीनामा घोषणा गरेको बताएका छन्। उनले उक्त राजीनामा औपचारिक रूपमा कतै दर्ता नगरिएकाले आफू पुनः काममा फर्किएको बताए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कैलालीका विभिन्न स्थानमा सरकारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। जनप्रतिनिधिहरूले आन्दोलनको क्रममा आफूहरूमाथि चाप र धम्की आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!