काठमाडौँ — बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय लिने भएको छ।

दल नेता एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको भर्चुअल बैठकले जेन जेड आन्दोलनपछिका घटनाक्रमको समीक्षा गर्दै अन्य दलहरूसँग संवाद गरी प्रदेशसभा सञ्चालनबारे निर्णय लिने जनाएको हो।

बैठकले प्रदेशसभा संसदीय समितिहरूलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ। हेटौँडास्थित प्रदेशसभा सचिवालयको भवनमा भएको आगजनी र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निन्दा गरिएको छ।

साथै, जेन जेडको प्रदर्शनका क्रममा संघीय र प्रदेश संरचना, राजनीतिक कार्यालय, सञ्चार संस्था, उद्योग, सुरक्षा निकाय लगायतमा भएको आक्रमणको घोर भर्त्सना गरिएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणप्रति विरोध जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

बैठकले संविधान दिवस संयमित ढंगले मनाउन सरकारलाई सुझाव दिएको छ भने, आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै, समाजमा शान्ति, सद्भाव र सुशासन कायम गर्न प्रदेशसभा सदस्यहरूलाई अग्रसर बन्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!