हिपमत डटकम

सोमबार, भाद्र २३, २०८२ || 319  पटक पढिएको

काठमाडौँ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आवश्यकता अनुसार बल प्रयोग गर्न सुरक्षाकर्मीहरूलाई आदेश दिएका छन्। उनले विशेष गरी अवस्था बिग्रिएमा रबरको गोलीसम्म चलाउन अनुमति दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले पुष्टि गरेका छन्।

‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरेपनि गोली चलाउन पाउने अनुमति भएको हो।’

यद्यपि, यो आदेश सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्नका लागि नभएको र रबरको गोलीको प्रयोग गर्ने हदसम्म मात्र सीमित रहेको उनले स्पष्ट पारे। अहिलेसम्म कति जनामाथि गोली प्रहार भयो र कति घाइते छन् भन्नेबारे भने कुनै जानकारी नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!