विराटनगर- कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ११ वर्षीया बालिकालाई ठक्कर दिएपछि गाडी नरोकी भागेको स्वीकार गरेका छन्। शनिबार बिहान ललितपुरको हरिसिद्धिमा मन्त्री सवार सरकारी गाडीले जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी बालिका उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गाडी केहीबेर नरोकिई अघि बढेको सीसीटीभी फुटेजमा देखिएको थियो।

घटनापछि आलोचना भएपछि मन्त्री मगरले गाडी नरोकेको कारणको व्याख्या गर्दै कुटाइको डरले गाडी रोक्न नसकेको बताएका छन्। उनका अनुसार, चिन्ने ठाउँ नभएको र भिडको आक्रोशबाट जोगिन गाडी नरोकेको तर्क गरेका छन्। यस घटनापछि मन्त्री मगरले पीडित बालिकाको अस्पतालमा पुगेर स्वास्थ्य स्थिति बुझेका र १८ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन्। बालिका हाल बी एन्ड बी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!