हिपमत डटकम

आइतबार, भाद्र २२, २०८२ || 201  पटक पढिएको

काठमाडौं, भदौ २२ — देशभर फैलिँदो भ्रष्टाचारविरुद्धको जनआन्दोलनसामाजिक सञ्जाल बन्दको विरोधमा आवाज उठाउँदै ‘जेनेरेसन जेड’ (Gen Z) ले सोमबार काठमाडौंको नयाँ बानेश्वर र माइतीघर मण्डलामा प्रदर्शनको आह्वान गरेको छ।
यस आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि खुलेर साथ दिने भएका छन्।

आइतबार फेसबुकमार्फत प्रसाईंले आन्दोलनमा आफ्नो प्रत्यक्ष सहभागिता रहने जनाउँदै सबै नेपालीलाई आह्वानसमेत गरेका छन्।

“यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछु। गत चैत १५ जस्तो सरकारले दमन नगरोस्,” — उनले फेसबुकमा लेखेका छन्।

प्रसाईंले भ्रष्टाचारविरुद्ध सडकमा उत्रने तयारीमा रहेका सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिँदै आन्दोलनलाई “महाअभियान” का रूपमा व्याख्या गरेका छन्।


सामाजिक सञ्जालमाथि सम्भावित नियन्त्रण, बढ्दो भ्रष्टाचार र शासन प्रणालीमा पारदर्शिता नहुँदा आक्रोशित बनेको नयाँ पुस्ताले हालैदेखि सामाजिक सञ्जालमार्फत विरोधका कार्यक्रमहरू घोषणा गरिरहेको छ। यही अभियान अन्तर्गत सोमबार काठमाडौंमा व्यापक प्रदर्शनको तयारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!