
धरान — धरान उपमहानगरपालिकाको भानुचोकस्थित वडा प्रहरी कार्यालयले स्थापना भएको ५४ वर्षपछि आफ्नो उपयोगमा रहेको सरकारी जग्गाको धनीपुर्जा प्राप्त गरेको छ।

विसं २०२८ मा तत्कालीन सरकारले भानुचोकको सरकारी जग्गामा इलाका प्रहरी कार्यालय स्थापना गरेको थियो। पछि सन् २०५८ मा उक्त कार्यालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को परिसरमा स्थानान्तरण भएपछि भानुचोकको संरचना वडा प्रहरी कार्यालयको रूपमा प्रयोग हुँदै आएको थियो।
वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानी) रुद्र बहादुर खड्काका अनुसार, करिब एक कठ्ठा साढे सात धुर क्षेत्रफलको सो जग्गा अब आधिकारिक रूपमा प्रहरी कार्यालयको स्वामित्वमा आएको हो।
“धरान उपमहानगरपालिकाको सिफारिस र नापी कार्यालयको प्रक्रिया पश्चात्, मालपोत कार्यालयले हामीलाई धनीपुर्जा प्रदान गरेको हो,” उनले जानकारी दिए।
धरानको केन्द्रमा रहेको यस प्रहरी कार्यालयमा हाल प्रनानीको नेतृत्वमा ३५ जना प्रहरी परिचालनमा छन्।
यो कदमले सरकारी सम्पत्तिको अभिलेख सुरक्षित राख्न सहयोग पुर्याउनुका साथै कार्यालय सञ्चालनमा कानुनी स्पष्टता समेत ल्याएको अधिकारीहरूको भनाइ छ।