
विराटनगर, भदौ २२ — विराटनगर–७ स्थित धाडेवा गल्लीमा नयाँ र भिन्न स्वाद र शैली लिएर आएको ‘द स्कुवायर’ रेस्टुरेन्ट शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोहमा सञ्चालक परिवारले रिबन काटी रेस्टुरेन्टको शुभारम्भ गरेका थिए।

देशमै केही फरक र स्तरीय सेवा दिने लक्ष्यसहित अमुल श्रेष्ठ, मिथलेश मण्डल र ओमनिशा राईको संयुक्त लगानीमा रेस्टुरेन्ट स्थापना गरिएको हो।
सञ्चालक अमुल श्रेष्ठका अनुसार, रेस्टुरेन्ट सञ्चालनका लागि करीब २५ लाख रुपैयाँ लगानी गरिएको छ र हाल १० जनालाई रोजगारी दिइएको छ।
रेस्टुरेन्टमा नेपाली परिकारसँगै इन्डियन, थाइ, चाइनिज, जापानिज र कोरियन खाना उपलब्ध छ।
रेस्टुरेन्टका केही विशेष परिकारहरू:
सिराचा चिल्ली प्राउन
कलामारी रिङ्स
विभिन्न प्रकारका सी–फुड्स
सञ्चालकहरूले ‘द स्कुवायर’ लाई फरक स्वाद र अनुभव दिने गन्तव्य बनाउने लक्ष्य राखेका छन्।
रेस्टुरेन्ट घरको माथिल्लो तलामा सञ्चालनमा ल्याइएको छ, जहाँ खुला हावा, फराकिलो स्थान र रमाइलो वातावरणले ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
ओमनिशा राईका अनुसार, रेस्टुरेन्टमा एकैपटक ७० जना ग्राहक बस्न सक्ने क्षमता छ र अर्डरअनुसार ताजा खाना तयार पारिने व्यवस्था गरिएको छ।
सञ्चालक मिथलेश मण्डल भन्छन्, “विराटनगरमा यस्तो खुला स्पेस र विविध स्वाद दिने रेस्टुरेन्ट पहिलोपटक ल्याएका छौं। हामी यहाँका ग्राहकलाई खानासँगै वातावरणीय अनुभव पनि दिन चाहन्छौं।”
‘द स्कुवायर’ टिमले यो नयाँ प्रयासलाई सबैले मन पराउने विश्वास व्यक्त गरेको छ। स्वाद, सेवा र वातावरणमा निरन्तर सुधार गर्दै रेस्टुरेन्टलाई ब्रान्डको रूपमा उभ्याउने योजना बनाइएको छ।