हिपमत डटकम

शनिबार, भाद्र २१, २०८२ || 4104  पटक पढिएको

काठमाडौं – गृहमन्त्री रमेश लेखकले निजामती कर्मचारीलाई स्थायी सरकारको मेरुदण्डको रूपमा उल्लेख गरेका छन्।

शनिबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री लेखकले निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भने, “राजनीतिक नेतृत्व हरेक पाँच वर्षमा जनतामाझ जानुपर्छ, तर निजामती कर्मचारी स्थायी सरकार हुन्।”

उनले लोकतान्त्रिक प्रणालीमा जनताको निर्णय नै सर्वोच्च हुने उल्लेख गर्दै सरकार पाँच–पाँच वर्षमा फेरिइरहने अवस्थामा पनि प्रशासनिक निरन्तरता कर्मचारीमार्फत सम्भव हुने बताए।

लेखकका अनुसार, बारम्बार सरकार परिवर्तनको स्थितिले कार्यसम्पादनमा प्रभाव पार्ने भएकाले दुई ठूला दलबीच सहकार्य गरेर वर्तमान स्थायी सरकार बनाइएको हो। उनले वर्तमान सरकारले १३ महिनाको अवधिमा कानुनी र नीतिगत क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको दाबी गरे।

गृहमन्त्री लेखकले संविधान निर्माण (२०७२) पश्चात् आवश्यक कानुनी संरचनाहरू नबनेको उल्लेख गर्दै अब निजामती कर्मचारी ऐन, शिक्षा ऐनलगायतका विधेयकहरू पारित हुने चरणमा रहेको जानकारी दिए। निजामती कर्मचारी ऐन यही महिनाभित्र पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आउने उनले बताए।

“१० वर्षसम्म बन्न नसकेको कानुन अब बनेपछि संघीय प्रशासनिक प्रणाली स्थापित हुनेछ,” उनले भने।

त्यस्तै, नागरिकता ऐनमार्फत संविधानको मर्मअनुसार आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने व्यवस्था गरिएको भन्दै, गृहमन्त्री लेखकले सरकारको नीतिगत र कानुनी सुधारमा निजामती कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!