काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको दोस्रो दिन राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत हुँदैछ। सम्मेलनको बन्दसत्र बुधबारदेखि प्रज्ञाभवन, कमलादीमा सुरु भएको हो।

अध्यक्ष अमृता थापाले दिएको जानकारीअनुसार, आजै प्रतिवेदनमाथि समूहगत छलफलपछि अनुमोदन गर्ने तयारी छ भने भोलि नयाँ नेतृत्व चयन गरेर सम्मेलन समापन हुनेछ।

“दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ। केहीबेरमा प्रतिवेदन प्रस्तुत हुनेछ। त्यसपछि छलफल गरी आजै पारित गर्ने योजना छ,” थापाले रातोपाटीसँग भनिन्।

सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार गरेका थिए। सम्मेलनसँगै नेतृत्व चयन र संगठनको संरचना सम्बन्धी विषयमा पार्टीभित्र आन्तरिक छलफल पनि तीव्र भएको छ।

१०० भन्दा बढी केन्द्रीय सदस्य रहेको भन्दै संगठनको स्वरूपबारे प्रश्न उठ्न थालेको छ। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार, महिला संगठन भातृ संगठनभन्दा बढी महिला शाखाको रूपमा परिणत भएको टिप्पणी गर्दै यस विषयमा पदाधिकारी बैठक बोलाइएको छ।

“संगठनमा सयभन्दा बढी केन्द्रीय सदस्य छन्। यस्तो संरचना भातृ संगठनजस्तो होइन, पार्टीको महिला शाखा जस्तो देखिन्छ। प्रतिनिधित्वका लागि एक-दुई जना केन्द्रीय सदस्य पर्याप्त हुन्छन्,” ती नेताले भने, “अब यसलाई सन्तुलित बनाउन र समस्याहरू समाधान गर्न पदाधिकारी बैठकमा छलफल हुनेछ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!