बिराटनगर ।कलाकार दीपकराज गिरीले पछिल्ला दिनमा चर्चामा रहेको अडियो प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफूमाथि लागेको आरोप खारेज गरेका छन्।
गिरीका अनुसार, सार्वजनिक गरिएको अडियो करिब एक वर्षअगाडिको हो। चलचित्र निर्माणमा व्यस्त रहेका बेला आफूलाई लक्षित गर्दै गालीगलौज र बहिष्कारको धम्की आएपछि गरिएको छलफलको अडियो अहिले बाहिर ल्याइएको उनले दाबी गरेका छन्।
उनले निर्माता सन्तोष सेनले दिनभर कलाकार रोहित अधिकारीलाई फलो गरेको र उनीहरू बसेको स्थानमा मान्छे लगाएर निगरानी गरेको भिडियो प्रमाण आफूसमक्ष पुगेको बताए। गिरीले त्यसबारे आफू छक्क परेको उल्लेख गर्दै सो फुटेज रोहित अधिकारीले छिट्टै सार्वजनिक गर्ने जानकारी दिएकोसमेत खुलासा गरेका छन्।